काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्रले समर्थन गरेको छ ।
शुक्रवार सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा माओवादीले देउवालाई सरकारको नेतृत्वमा जानका लागि समर्थन दिएको हो ।
बैठकमा जनता समाजवादी पार्टीलाई पनि समर्थनको प्रस्ताव गरिएकोमा छलफलपछि जवाफ दिने बताएका थिए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा थिए ।
कांग्रेसले यस अघिनै आफ्नो नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ ।
Categorized in राष्ट्रिय