६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कोरोना सर्तकता नअपनाए जनजीवन ठप्प हुन सक्नेः प्रधानमन्त्री ओली


प्रकाशित: विहिवार, २६ चैत्र २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीमा सर्तकता नअपनाए जनजीवन ठप्प हुन सक्ने बताएका छन ।


नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । उनले कोभिड–१९ नियन्त्रण बाहिर गए सबैतिरबाट आलोचना आफैतिर सोझिने भएकोले आफू गम्भीर रहेको बताए । 


उनले भने, ‘हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने’ उनले भने, ‘हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी कोभिड–१९ लाई अवसर नदिऔं ।’


छिमेकी मूलक भारतमा कोरोना संक्रमण बढ्दो रुपमा रहेको र नेपालसँग भएको खुला सिमानाका कारण यता पनि जोखिम बढेकोले सचेत रहन प्रधानमन्त्रीले आग्रह गरेका छन । 


सरकारले कोभिड–१९ नियन्त्रणको लागि सबै उपायहरु अपनाईरहँदा पनि प्रधानमन्त्री निरन्तर हमला भईरहेने भएकोले कोभिडलाई प्रधानमन्त्री लखेट्नु परेन त भनी प्रश्न गरेका थिए । ‘प्रधानमन्त्रीले पनि कोरोनालाई लखेटछ’ –उनले भने ।


कोरोनाबाट जोगिन प्रधानमन्त्रीले बेलाबखतमा दिने स्वास्थ्य टिप्सहरु तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्ने, स्टीम लिने, नुनपानीले कुल्ला गर्ने लगायतका सुझावहरु दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex