काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले भक्तपुरको बिस्काः जात्रा रोक्ने निर्णय फिर्ता लिन माग गरेको छ ।
समितिले मंगलवार विज्ञप्ती जारी भनेको छ, ‘ भक्तपुरको बिस्का जात्रा, अन्य पर्व र परम्परालाई कोभिड–१९ महामारी फैलिन सक्ने कारण देखाएर स्थगीत गर्न सरकारी निकायहरुले जारी गरेको निर्देशनप्रति यस सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति ११४१ को ध्यानाकर्षण भएको छ ।’
स्वास्थ्य मापदण्ड पालना गर्न/गराउने र अन्य बैकल्पिक उपाहरु रहेको अवस्था रहेको पनि जात्रा, पर्व र परम्परलाई निरन्तरता दिनुपर्ने सरोकारवालाले उल्टै जनसमुदायको भावना विपरित गएर गरेको सो सरकारी निर्णयप्रति यस व्यवस्थापन समितिले खेद प्रकट गरेको जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
‘सांस्कृतिक जात्रापर्व र परम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार सम्बन्धित सरोकारवाला गुठियारहरूको हुने गरेको छ र हुनुपर्छ,’ अध्यक्ष निलकाजी नीलकाजी शाक्यले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
समितिले सो निर्णय फिर्ता लिई स्वास्थ्य सम्बन्धी विभन्न उपायहरु अवलम्बन गरी सांस्कृति जात्रा, परम्परालाई निरन्तरता दिनुपर्ने माग समेत गरेका छन ।
आईतवार भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरी कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले कोरोना महामारीको कारण देखाउँदै बिस्काः जात्रा रोक्ने निर्णय गरेको थियो ।
सो निर्णयविरुद्ध भक्तपुरका स्थानीय, जात्रापर्व सरकारको संघ, संस्थाहरुले भक्तपुरमा सोमवार बृहत प्रदर्शन गरेका थिए ।
Categorized in सम्पदा/संस्कृति