काठमाडौं । कोरोनाको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या थपिन थालेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएको हो । काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
आइतबार ३४५६ जनामा परीक्षण गर्दा १७६ जना संक्रमित भेटिएका थिए । आइतबार काठमाडौंमा ८७, ललितपुरमा ८ र भक्तपुरमा ४ गरी उपत्यकामा ९९ जना संक्रमित भेटिएका थिए ।
Categorized in स्वास्थ्य