२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

विस्का जात्रा भब्य र सभ्य रुपमा मनाउन ठिमीका नगरप्रमुख श्रेष्ठको आग्रह


प्रकाशित: सोमवार, २३ चैत्र २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरको विश्व प्रसिद्ध विस्का जात्रा भव्य र सभ्य रुपमा मनाउन मध्यपूर ठिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले आग्रह गरेको छ । 


नगरप्रमुख श्रेष्ठले भने, ‘अहिले मध्यपूर ठिमी नगरपालिका र भक्तपुर नगरपालिका विस्केट जात्राको आगमनै छौ, मध्यपूर ठिमी नगरपालिकाको विश्वमै एउटै मात्र रहेके जिब्रो छेड्ने जात्रा र उल्लासपूर्ण मनाउने सिन्दुर जात्रा गौरवपूर्ण रहेको छ । यसपाली विस्का जात्रालाई कोभिडको विचमा मनाउन गईरहेका छौ । त्यसैले सतर्कता र सचेतना पूर्वका जात्रालाई भव्य र सभ्य रुपमा सपल पारिदिन हार्दिक अनुरोध गर्दछु ।’


विस्का जात्रामा अनावश्यक होडिङ बोर्ड, फलेक्सहरु राख्नलाई निरुत्साहित गरिएको छ, त्यसैले फलेक्स बोर्ड राखेर अनावश्यक रुपमा प्रचार–प्रसारको व्यवसाय नगर्न समेत नगर प्रमुख शक्यले आग्रह गरेको छ । 


उनले जात्रामा आपासमा मात्र अविर लगाउन र दर्शकहरुलाई नलगाउन पनि भनेका छन । साथै जात्रामा सबैले स्पोर्ट सुज तथा कपडाको जुत्ता लगाएर सहभागी हुन नगर प्रमुखले सबैमा आग्रह गरेका छन । 


यता भक्तपुर जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र(डिसिसिएमसि)को आईतवार बसको बैठकले भक्तपुरमा विस्का जात्रामा रोक लगाउने निर्णय गरेको छ । 


गत बर्ष कोभिड–१९ का कारण जात्रामा रोक लगाएको थियो तर यो बर्ष भने स्थानीयहरुहरुले कुनै पनि हालतामा आफनो जात्रा मनाएर छाड्ने बताउँदै आएका छन । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex