काठमाडौं । नेकपा एमाले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट निलम्बन गरिएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताद्धयको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना निलम्बन गरेका हुन ।
स्पष्टीकरणमा पार्टी एकतालाई विखण्डन गर्ने, अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार प्रस्तुत गरेको भन्दै अध्यक्ष ओलीले दुबैलाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेका हुन ।
यस अघि पार्टिका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई निलम्बन गरिएको थियो ।
Categorized in राष्ट्रिय