काठमाडौँ । फोहर व्यवस्थापनसँग उठेका विभिन्न मागहरुवारे महानगरपालिका र सिसडोलवासी विच आज पनि वार्ता हुने भएको छ ।
विहिवार दिउँसो एक बजेको लागि तय भएको वार्तामा पूर्वमन्त्रीहरु डा रामशरण महत, डा. प्रकाशचन्द्र लोहनीलगायतका नेताहरु पनि सहभागी हुने महानगरपालिकाले जनाएको छ ।
गत शुक्रवार चैत्र १३ गते देखि सिसिडोलवासीहरुले विभिन्न माग राखी उपत्यकाको फोहर व्यववस्थानमा अवरोध सिर्जना गरेपछि हिजो बार्ता सुरु भएको थियो ।
महानगरपालिका र सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र स्थानीयसहितबिच भएको पहिलो चरणको बार्तामा प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिका प्रत्येक पालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा ३÷३ करोड रुपैयाँ व्यवस्था गर्ने भएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
त्यसैगरी प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण गर्ने, १५ वटा बेड र चार जना डाक्टर दरवबन्दीको लागि रकम सहयोग गर्ने भएको छ ।
फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर अनिश्चितकालिन आन्दोलनमा उत्रेपछि उपत्यकाको फोहर विर्सन गर्न समस्याहरु उत्पन्न भईरहेको छ ।
यस अघि महानगरपालिकाले प्रभावित क्षेत्रमध्ये ककनी गाउँपालिकाका लागि यस अघि एम्बलुलेन्स उपलब्ध गराईसकेको छ भने छिटै धुनिवेँसी नगरलाई अर्को एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।
हिजो भएको छलफलमा नुवाकोट जिल्लाका प्रदेश सांसद बद्री मैनाली ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता लामा, ककनी र धुनिबेँसी नगरको प्रभावित क्षेत्रका वडाध्यक्षहरु, स्थानीय राजनीतिक प्रतिनिधि र स्थानीय सरोकारवाला प्रतिनिधिहरुको सहभागी थियो ।
Categorized in स्थानिय