६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं नाकाबाट छिर्नेहरुको पिसिआर गरिने


प्रकाशित: बुधवार, १८ चैत्र २०७७, १९:३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं नाकाबाट छिर्नेहरुमा ज्वरो आएका र रुघाखोकी लागेकाहरुलाई पिसिआर परीक्षण गरिने भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवारको नियमित पत्रकार सम्मेलनमा कोरोना परीक्षण गरिने जानकारी दिएको हो । 


कोरोना महामारीको जोखिम पुन दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौ उपत्यका भित्रिने नाका कडाई गर्न थालेको प्रमुख जिल्ला अधिकारी काली पराजुलीले बताएका छन ।


अहिले नाका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेको र लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex