२४ बैशाख २०८१, सोमबार
Header

बालाजु सूचना केन्द्रले सिङ्गो महानगरको सूचना प्रभाव गर्नेछ : प्रमुख शाक्य


प्रकाशित: बुधवार, १८ चैत्र २०७७, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बालाजु सुचना केन्द्रबाट सिंगो महानगरको सुचना पाउन सकिने बताएका छन ।


बालाजु बाइपासमा सूचना केन्द्र निर्माणको शुभारम्भ गरिएपछि प्रमुख शाक्यले भने, ‘सुचना केन्द्रमा सुचना दिनेसँगै अरु पूर्वाधारहरु पनि खडा गर्छौ, आधुनिक शौचालय, प्रहरी कार्यलयसँगै ट्राफिकको पनि व्यवस्था गर्छौ, सँगै काठमाडौ आउने–जाने गाडीहरुको लगत संकलन गर्छौ ।’


फोहर बोक्ने गाडीहरु के –कति कुन समयमा गएको बारेमा जानकारी सुचना केन्द्रले प्रवाह गर्ने गरि निर्माण गर्न खोजिएको प्रमुख शाक्यले बताए । 


शाक्यले सुचना केन्द्र उपभोक्ता मोडेलमा निर्माण भएको स्थानीय व्यक्तिहरुको सक्रियामा उहाँहरुको १५ प्रतिशत जनसभागिता र काठमाडौं महानगरको ८५ प्रतिशतको लागतको सुचना केन्द्र निर्माण जानकारी दिए । 

 

सो अवसरमा राज्यमन्त्री मानन्धरले बाइपासमा भएको विवाद सकिएका तथा सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व भएको बताउँदै भने,‘काठमाडौँबाट बालाजु नाकाहुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौँ बारे जानकारी दिने उद्देश्यले सूचना केन्द्रको निर्माण गर्ने तयारी गरेका हौँ ।’
 

बालाजुको कित्ता नम्बर ९९ र १२५ मा सूचना केन्द्र निर्माण गरिने हुने महानगरपालिकाले जनाएको छ । करीब ७२ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण हुने केन्द्र बनाउन उपभोक्ता समितिले करीब ११ लाख रुपैयाँ लागत व्यहोर्नेछ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD