काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई नेवाः देय् दबू काडमाडौ जिल्ला समितिले सम्मान गरेको छ ।
प्रमुख शाक्यले काठमाडौं महानगरभित्रका विद्यालयहरुमा स्थानीय भाषा (नेपाल भाषा) पाठ्यक्रम लागु गरेर भाषा, संरक्षण, सम्बद्र्धनमा टेवा पराएको सम्मान गरेको दबूले जनाएको छ ।
महानगरले येँ देय् म्हसिके (काठमाडौं चिनौं) पुस्तक महनगरका एक देखि ८ कक्षा (आधारभूत तह)मा नेपाल भाषा शिक्षण कार्य प्रारम्भ भएको छ ।
सो अवसरमा शाक्यले भोलिका पुस्ताले आफ्नो संस्कृति, संस्कार र जात्रा–पर्वबारे गौरव गर्दै त्यसको संरक्षण गर्न सकुन भन्ने हेतुले स्थानीय भाषाको पठन–पाठन सुरु गरेको बताए ।
नेवाः देय् दबू काठमाडौँ जिल्ला समितिका अध्यक्ष मचाराजा महर्जनले काठमाडौँ जिल्ला समितिको तर्फबाट मेयर शाक्यलाई काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम मार्फत स्थानीय पहिचान स्थापित गर्ने गरी पठन–पाठन गर्ने साहसिक कदमको अगुवाई गरेको भन्दै त्यसको कदर गरी सम्मान गरेको बताए ।
Categorized in स्थानिय