६ जेठ २०८१, आइतबार
Header

सिसडोलमा चार दिनदेखि फोहर फाल्न अवरोध


प्रकाशित: सोमवार, १६ चैत्र २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौँ । शुक्रवारदेखि उपत्यकाको फोहर विर्सन गर्न सिसडोलवासीले अवरोध सिर्जना गरिरहेको छ । 


नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाले चैत १३ देखि फोहर फाल्न अवरुद्ध गरेपछि महानरपालिकाले आफ्नो ध्यानकर्ष भएको बताएको छ । 


महानगरपालिका वातावरण व्यवस्थापन विभागले विज्ञप्ति जारी गरी भनेको छ, ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा–२ स्थित ल्याण्डफिल्ड साइटका प्रभावित बासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा २०७७ चैत १३ देखि अवरुद्ध गर्दै आएकोमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ, ।’


स्थानीय बासिन्दाको माग सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सम्वन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक रहेको जारी विज्ञप्तीमा उल्लेख छ । 


विभागले ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दालाई फोहोरमैला विसर्जन कार्यमा सहयोग गर्न पनि अपील समेत गरेको छ । फोहोरमैला विसर्जन कार्यमा सहयोग गरिदिनु हुन फोहोरमैला प्रभावित स्थानीयवासीसँग काठमाडौँ महानगरपालिले अनुरोध गरेको छ । 


सो सन्दर्भमा उपत्यकावासीले आ–आफ्नो घर–पसल–कलकारखाना–व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नुहुन र नकुहिने फोहोरलाई सडकमा जथाभावी नफाल्नुहुन अनुरोध छ । 


काठमाडौँ महानगरपालिकाले फोहोर लिन आउने गाडीमा फोहोरपठाई फाहोर व्यवस्थापन कार्यमा सहयोग गरी कोभिड–१९ जोखिम न्युनिकरण कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ । 


विभागका प्रमुख हरि कँुवरले सिसडोलबासीका मागप्रति महागरपालिका सकारात्मक रहेको र उहाँहरुका माग सम्वोधनका लागि सम्वन्धित निकायसँग निरन्तर छलफल जारी राखेको बताए ।

 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD