काठमाडौं । काठमाडौं उपत्यका शुक्रवारदेखि लागेको तुवाँलो हटेको छैन ।
एक्कासी लागेको तुवाँलोले उपत्यकाको वायु प्रदुषण हुन पुगेको छ । तुवाँलोको कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या देखिने चिकित्सकहरुले बताईरहेका छन ।
यो तुवाँलो अझ केही दिनसम्म रहन सक्ने जल तथा मौसम विज्ञान विभागले बताएका छन । नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले प्रदूषण बढ्न गएको विभागको भनाई छ ।
मौसम विभागका अनुसार प्रदूषित वायुमण्डल सफा हुनका लागि कित वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ ।
Categorized in राष्ट्रिय