काठमाडौं । काठमाडौंको धारामा आईतवार दिउँसो मेलम्चीको पानी आएको छ ।
मेलम्ची खानेपानी आयोजनाले काठमाडौंको अनामनगर क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु गरेपछि धारामा पानी आएको हो ।
पहिलो चरणमा आज दिनभरिमा ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने आयोजनाले जनाएको छ ।
सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पछि पानीको वितरण सुरु गरेको हो ।
उपत्यका खानेपालनी लिमिडिटेका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले काठमाडौं उपत्यकामा आईतवार मेलम्चीको ४ करोड लिटर पानी वितरण गरिने बताए ।
Categorized in राष्ट्रिय