१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र बागबजारबाट विभिन्न व्यक्तित्वहरु सम्मानित 


प्रकाशित: शनिवार, १४ चैत्र २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र पुरानो बसपार्क बागजारबाट विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन । 


शनिवार सेवा केन्द्रको १७ औं साधारणसभा तथा छैठौ अधिवेशनको उपलक्ष्यामा सेवा केन्द्रमा विभिन्न समयमा दिएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो । 

 


कार्यक्रमका प्रमुख अतिथी महानगरिय प्रहरी परिसर टेकुका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक असोक सिंहले टेलरिङ व्यवासायी महासंघका अध्यक्ष सुदीप श्रेष्ठ, सेवा केन्द्रका महासचिव कमरुद्धिन मियाँ, युवा क्लवका सुरेन खड्गी, प्रहरी हवल्दार हर्कराज जोशी, कोषाध्यक्ष निमिता प्रधान शाक्य, सेवा केन्द्रका निशा अली लगायतलाई सम्मान गरिएको थियो । 

 


सो अवसरमा प्रमुख अतिथी सिंहले बागबजार सामुदायिकको सक्रियताले आफू खुसी भएको र आगामी दिनमा प्रहरी क्षेत्रबाट आवश्यक सहयोग प्रदान गर्न तत्पर रहेको बताए । 


समुदाय र प्रहरीविचको सहकार्यबाट समाज हुने विभिन्न किसिमको अपराधजन्य कार्यहरु रोक्न सकिने भएकोले सहयोगको अपेक्षा रहेको सिंहले भनाई राखे । 

 


कार्यक्रमका अतिथी २८ वडा अध्यक्ष भाईराम खड्गी, टेलरिङ व्यवसायीका अध्यक्ष सुदिप श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । 

 


सेवा केन्द्रका अध्यक्ष विपिन्द्र खड्गीको सभापतित्वमा आयोजित कार्यक्रमलाई केन्द्रका सविच ध्रुव खड्गीले सञ्चालन गरेका थिए । 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

asteriskhubs
Home Page Bottom Second


maharjan complex