५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सुरुङ खन्ने क्रममा ४ जनाको पुरिएर मृत्यु


प्रकाशित: शनिबार, २ असार २०७५, १०ः५२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । अरुण तेश्रो जलबिद्युत आयोजनामाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको पुरिएर मृत्यु भएको छ ।


संखुसवा जिल्लास्थित मकालु गाउँपालिकाको फ्याक्सिन्दामा शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएको प्रहरीले जनाएको छ ।

 
ढिस्कोमा पुरिएर २ नेपाली कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार र २ भारतीय भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोरको मृत्यु भएको हो ।

 
घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय  जनता उद्धारको लागि खटेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex