काठमाडौं । काठमाडौं शुक्रवार एक्कासी बायु प्रदुषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर ननिस्कुन भनेको छ ।
मन्त्रालयले बिज्ञप्ती जारी भनेको छ,‘ अचानक उपत्यकाको वायु प्रदुषण निकै बढेको छ । यसले स्वासप्रश्वासमा कठिनाई लगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्ने हुन सक्छ । त्यसैले घर बाहिर ननिस्कऔं, नखेलौ, मर्निङवाकमा जाने वा वाहिर गएर शारिरिक व्यायाम गर्ने गरिएको छ भने त्यस्तो अवस्था रोकौं ।’
मन्त्रालयले जारी गरेको ५ बुँदे निर्देशनहरुमा फोहरको व्यवस्थापन उचित व्यवस्थापन गर्न भनेको छ । फोहहरु जलाउने काम बन्द गर्नु । घरबाहिर निस्कनु पर्ने मास्क लगाउन र कोभिड – १९ को स्वास्थ्य मापदण्डहरु पालना गर्नु, धुलोधुवा उड्ने पेशा/व्यवसाय केही दिनलाई बन्द गर्नु तथा सवारी साधानहरु कम चलाउन आग्रह गरेको छ ।
Categorized in स्वास्थ्य