२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बोर्डिङ स्कुलका शिक्षकहरुलाई नेपाल भाषा प्रशिक्षण तालिम (फोटो फिचर)


प्रकाशित: शुक्रवार, १३ चैत्र २०७७, १८ः३० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रका संस्थागत विद्यालयहरुले स्थानीय भाषा (नेपाल भाषा) प्रशिक्षण तालिम लिन सुरु गरेका छन । 


महानगरपालिकाले स्थानीय भाषा (नेपाल भाषा) पाठयक्रम लागु गरेपछि बोर्डिङ स्कुल (संस्थागत विद्यालय) का शिक्षक/शिक्षिकाहरुले पनि नेपाल भाषा प्रशिक्षण लिन थालेका हुन ।


महानगरभित्र ६४३ संस्थागत विद्यालयहरुले पनि आधारभूत तह (कक्षा १ देखि ८) सम्म नेपाल भाषा पढाउनु पर्ने भएसँगै तालिम लिन सुरु गरेको प्रमुख प्रशिक्षक बरुण प्रसाद बैद्यले जानकारी दिए । 

 


नेवाः स्यानमि दबूका महासचिव समेत रहेका प्रशिक्षक बैद्यका अनुसार अहिले तालिम लिईरहेकाहरु संस्थागत विद्यालयका शिक्षक÷शिक्षिकाहरु पहिलो ब्याज हुन । 


उनीहरुलाई पाठय्क्रम कसरी पढाउने÷सिकाउने बारे व्यवारिक तालिमहरु प्रदान गरिएको बैद्यले बताए । 

 


तालिममा सहभागी हुन आउने प्रशिक्षार्थीहरु एकदमै उत्साहित भएको काठमाडौं महानगरपालिका सहरी विकास आयोजनाका सदस्य तथा प्रशिक्षक गुजेश्वरी श्रेष्ठले बताईन । 


उनले भनिन,‘ अहिले तालिममा सहभागी हुनेहरु सबै नेवाः समुदायकै छन । गैर नेवाहरु पनि सहभागी भएको खण्डमा झनै गर्वको विषय हुन्छ ।’ 


नेपालभाषाबाटै पढाईने भएकोले भाषा, संस्कृतिको संरक्षण र विकासमा जोड दिनका साथै बालवालिकाले स्थानीय विषय÷वस्तुमा गहिरो रुचिका साथ बुझ्न पाउने प्रशिक्षक श्रेष्ठको भनाई छ । 


संस्थागत विद्यालयहरुलाई महानगरपालिकाले सहुलियत मूल्यमा पाठ्यक्रम लगायत आवश्यक शैक्षिक सामग्रीहरु उपलव्ध गराउने पनि श्रेष्ठले जानकारी दिईन । 

 


प्रशिक्षक दर्शनवीर शाक्यले ७ दिने तालिममा सहभागीहरुले पाठय्क्रमको तालिका अनुसार प्रशिक्षण प्राप्त शिक्षक÷शिक्षिकाहरुले विधार्थीहरुलाई पठनपाठन गराउने विश्वास व्यक्त गरेका छन । 


प्रशिक्षक शाक्यले सम्पदा, भौगोलिक र प्रकृतिक स्वरुप विषयमा प्रशिक्षार्थीहरुलाई तालिम दिएका छन भने पत्रकार तथा प्रशिक्षक सुरेश किरण मानन्धरले व्यक्ति म्हसिका, नखः चखः र भेषभूषाको विषयमा प्रशिक्षण दिएका छन । 


त्यसैगरी जीवनकुमार महर्जन, सुनिता डंगोल, अनिल स्थापित, विद्यालक्ष्मी मानन्धरले पनि तालिका अनुसार विभिन्न विषयमा तालिम दिएका छन ।


महानगरपालिकाको व्यवस्थापनमा सञ्चालित तालिम चैत्र ८ गतेदेखि १४ गते शनिवारसम्म सञ्चालन हुने प्रशिक्षक शाक्यले जानकारी दिए । 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex