६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

रेशम चौधरी रिहाईको लागि बार्ता टोली गठन गरिनेः गृहमन्त्री थापा


प्रकाशित: विहिवार, १२ चैत्र २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । टिकापुर घट्नाका आरोपी रेशम चौधरीको रिहाईको मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन । 


विहिवार माईतीघर मण्डला पुगेर गृहमन्त्री थापाले धर्नामा बसेका आन्दोलनकारीहरुलाई सरकारले लक्ष्मण थारुको रिहाईको लागि बार्ता टोली गठन गर्ने भएको जानकारी दिएका छन । 


उनले भने, ‘तपाईहरुले यस विषयलाई लामो समयदेखि उठाईरहनु भएको, तपाईहरुको मागप्रति सरकारको गम्भीर ध्यानकर्षण भएको छ तर पनि यी मागहरु सही ढंगले सम्बोधन हुन सकेको छैन । सरकार पनि यो समस्यालाई छिटो भन्दा छिटो सामाधान गर्ने पक्षमा छ, सरकार सकारात्मक छ । सरकारले छिट्टै बार्ता टोली गठन गर्छ, तपाईहरुले पनि एउटा बार्ता टोली गठन गरौं ।’


धर्ना मात्र बसेर समस्याको सामाधान नहुने भएकोले बार्ता र सम्बादको माध्यमबाट यस विषयको निष्कर्ष निकालिनु पर्ने गृहमन्त्री थापाले भने । 


थापाले कतिपय मागहरु राजनीतिक रुपले सम्बोधन गर्नु पर्ने हुन्छ भने कतिपय मागहरु कानुनी र प्रशासनिक रुपले हल गर्नुपर्ने देखिएको बताए । 


केही दिन यता माईघर मण्डलामा थारु कल्यणकारिणी सभा, थरुहट र थारुवान संयुक्त संघर्ष समितिले प्रत्येक दिन १ बजेदेखि धर्ना कार्यक्रम जारी राखेका छन । 


उनीहरुले थारु कल्याणकरीका केन्द्रिय अध्यक्ष धनिराम चौधरी, सभासद रेशमलाल चौधरी, लक्ष्मण थारु लगायत टिकापुर घटनामा मुछिएका जुठा मुद्धा लगाई जेलजीवन विताईरहेका नेताहरुलाई बिना निशर्त रिहा गर्न माग गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex