१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेवाः पत्रकार राष्ट्रिय दबु चितवन शाखाकोे चौथो साधरणसभा सम्पन्न


प्रकाशित: बुधवार, ११ चैत्र २०७७, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबु चितवन शाखाको चौथो साधरणसभा सम्पन्न भएको छ । 


नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले दबुले सदैव पत्रकारिताको हितको लागि काम गरिरहेको बताए । 


यस्तै केन्द्रका महासचिव सुनिल महर्जनले नेपाली पत्रकारिताको दायारा फराकिलो बनाउन समावेशी सहभागिताको अभियान थाल्नुपर्ने धाराण राखे ।

 
महासचिव महर्जनले राज्यले भाषा सस्कृतिमा प्रहार गरेको बताउँदै पत्रकारितामार्फत निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले नेवारहरुको भाषा सस्कृति, र रहनसहन बारे सबैलाई जानकारी दिन पत्रकारितामार्फत उजागर गर्दै अघि बढ्नुपर्ने बताए ।

 
यस्तै क्रियाशील महिला पत्रकार मन्च चितवनका अध्यक्ष प्रमिता ढकालले महिला नेतृत्वलाई कोटाको रुपमा मात्रै नभएर क्षमता र दक्षताको आधरमा मूल्याङ्कन गर्नूपर्ने बताइन । 


कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रिय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठ,  नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्दिय सदस्य राजु चौधरी, थारु पत्रकार महासंघका महासचिव सन्त कुमार चौधरी, ्नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सूर्य प्रसाद अधिकारीले मन्तव्य राखेका थिए ।


त्यसैगरी तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, थारु पत्रकार संघ चितवनका अध्यक्ष सुमित्रा महत्तो, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, नेपाल आदिवासी महासंघ चितवनका सचिव महेन्द्र दुरा, नेवा पुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान् शाक्य लगायतले आ–आफ्ना धारणा राखेका थिए ।


कार्यक्रमको अध्यक्षता नेवा पत्रकार राष्ट्रिय दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठले गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex