५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

नेवाः अनलाईनद्धारा अयोजित विचार गोष्ठीमा प्रदेश ३ को नाम नेपाल मण्डल राख्न माग


प्रकाशित: शुक्रबार, १ असार २०७५, १०ः०१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । नेपाल भाषामा प्रकाशित हुने नेवाः अनलाईन न्यूज पोर्टले शुक्रबार ३ बर्ष पुरा गरी चौथो प्रवेश गरेको उपलक्ष्यमा अयोजित ‘नेवा आन्दोलनको मुद्दा र आजको दिशा’ विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

 
सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका नेताहरुले प्रदेश नं ३ को नाम नेपाल मण्डल राख्न माग गरेका छन् ।

 
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले दुई तिहाइ कम्युनिष्टहरुको उपस्थिति रहेको संघीय सरकारले चाहेमा ३ नं प्रदेशको नाम नेपाल मण्डल घोषणा गर्न सक्ने तथा जनजाति तथा उत्पीडित वर्गलाई समावेशी प्रतिनिधित्व गराउन सक्ने बताएका छन् ।

 
त्यसैगरी, नेपाली काँग्रेसका महासमितिका सदस्य तीर्थराम डंगोलले विभिन्न राजनीतिक दलमा रहेका नेवार समुदायहरु एक हुन सकेमा नेवारहरुले आफ्नो हक तथा अधिकार खोसेर लिन सक्ने धारणा व्यक्त गरेका छन् ।

 
नेपाल कम्युनिष्ट पार्टीका सदस्य दिलीप महर्जनले नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र स्थापना गर्ने हरेक आन्दोलनमा काठमाडाँैका नेवारहरुको निर्णायक भूमिका रहेकोले नेवार समुदायको पहिचानको स्थापित हुने गरी ३ नं प्रदेशमा नामकरण गर्नु पर्ने सुझाव दिएका थिए ।

 
नेवा आन्दोलनका अगुवा तथा मानवअधिकारवादी नेता मल्ल के सुन्दरले नेवार समुदायले गरेको आन्दोलनका प्रतिफल अझै प्राप्त नभएको बताउँर्दै ३ नं प्रदेशको नामकरण नेवारी जनताको भावनाअनुरुप हुनुपर्ने बताएका छन् ।

 
नेवा दे दबूका अध्यक्ष नरेश ताम्राकार तथा नेवा अनलाइन न्यूजका अध्यक्ष सुजीव बज्राचार्यले नेवारी कला, संस्कृतिको महत्व र यसको संरक्षणका विषयमा बोलेका थिए ।

 
त्यसैगरी कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex