१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुर प्रशासनले स्वास्थ्य मापदण्डमा कडाई गर्ने


प्रकाशित: बुधवार, ११ चैत्र २०७७, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । जिल्ला प्रशासन कार्यलय ललितपुरले कोरोना जोखिम रोक्न स्वस्थ्य मापदण्डमा कडाई गर्ने भएको छ । 


बुधवार बसेको डीसीसीएमसी ललितपुरको बैठकले घरबाट बाहिर मास्क नलगाई हिड्नलाई कारवाही गर्ने, रात्रीकालिन व्यवसाय बन्द गर्ने लगायतका निर्णयहरु गरेको छ । 


सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार सेनिटाइजर, मास्क र सोसिएल डिस्टेन्स लगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय गरेको छ । 


रात्रिकालीन व्यवसायहरु राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ भने व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नु पर्ने व्यवस्था मिलाउन प्रशासनले अनुरोध समेत गरेको छ ।


कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ का कार्यलाई आवश्यकता अनुसार अघि बढाउने निर्णय गरेको छ ।


आवश्यक अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनको लागि तयारी अवस्थामा रहन लगाउने समेत निर्णय गरेको छ । 


संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकाका जिल्ला प्रशसनहरुले स्वास्थ्य मापदण्डमा कडाई गर्न सुरु गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex