काठमाडौं । आजबाट दशरथ रंगशालामा थ्री नेसन्स कप प्रतियोगिता सुरु हुन गईरहेको छ ।
आजको पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान अपरान्ह ५ बजे प्रतिस्पर्धा गर्ने एन्फाका प्रवक्ता किरण राईले बताएका छन ।
काठमाडौ महानगरपालिका नेपाल, बंगलादेश र किर्गिस्तानको यु २३ टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपालले बिहीबार कीर्गिस्तानसँग भिड्ने छ । खेल तालिका अनुसार चैत १० गते किर्गिस्तान भर्सेस बंगलादेश अपरान्ह ५ः३० बजे, चैत १२ गते ( नेपाल भर्सेस किर्गिस्तान, र चैत १४ गते नेपाल भर्सेस बंगलादेशविच प्रतिस्पर्धा हुने छ ।
खेल हेर्नका लागि दर्शकलाई मास्क अनिर्वाय गरेको आयोजकले बताएको छ । दर्शकले साधारण प्यारिफिट तर्फ ७ सय तिर्नु पर्ने हुन्छ भने भीआईपीतर्फ १५ सय तिर्नु पर्ने हुन्छ ।
Categorized in मनोरन्जन