२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

‘काष्ठमण्ठप पुननिर्माण सकिन अझै १३ सय क्यूविक काठ चाहिन्छ’– राजेश शाक्य (भिडियो)


प्रकाशित: आईतवार, ८ र्चैत्र २०७७, १९ः०० बजे
- अजय खड्गी

काठमाडौं । काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न अझै १३ सय क्यूविक लामो साईजको काठ चाहिने पुननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताएका छन । 


पुननिर्माणको झण्डै ९० प्रतिशत सम्पन्न भएपनि काठ अभावको कारण पुननिर्माणमा केही ढिला भईरहेको शाक्यले भने । २० फिटदेखि ३० फिटसम्मको साईजको काठ चाहिने भएकोले उक्त काठ ल्याउने प्रक्रियामा आफू लागेको अध्यक्ष शाक्यले बताए । 

 


शाक्यले भने, ‘काठ ल्याउन कानुनी प्रक्रिया झन्झीटिलो भएकोले समस्या भईरहेको छ । प्रदेश नं २ को रौतहटबाट काठ ल्याउनु पर्ने भएकोले कानुनी प्रक्रियाहरु पुरा गर्नु पर्ने हुन्छ । अबको १६ गते भित्र काठ आईपुग्ने विश्वास छ ।’


तर पनि नेपाल सरकारले दिएको ३ बर्षको समयभित्रै काष्ठमण्डप पुननिर्माण सकाउने ढंगले हामीले काम तिव्र गतिमा बढाईरहेको र आगामी असार मसान्तभित्र पुननिर्माण सकिने शाक्यको भनाई छ । 


काठमाडौं महानगरपालिकाको पूर्ण सहयोगमा पुननिर्माण भईरहको काष्ठमाण्डप महानगरपालिकाले अनुमान गरेको बजेट भन्दा ८ करोड कम रकमा पुननिर्माण सम्मपन्न गर्न लागेको समेत शाक्यले बताएका छन । 


शाक्यले महानगरपालिकाले काष्ठमण्डप पुननिर्माणको लागि १९ करोड ८८ लाखको स्टीमेट दिएकोमा १२ करोडमै पुननिर्माण सकाउने भएको सुनाए । 


त्यसैगरी, भूकम्पले भत्किएका कुनै पनि सम्पदा पुरानै प्रविधिबाट बनाउन प्रायः असम्भव छ तर आफूहरुले सातौ सताब्दीमा बनेको प्रविधिबाट नै काष्ठमण्डप पुननिर्माण गरिरहेका उनले दावी समेत गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex