६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दक्षिण एशियामा नेपाल सबै भन्दा खुशी !


प्रकाशित: आईतवार, ८ चैत्र २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । एक सर्वेक्षणले दक्षिण एशियामा नेपाल सबैभन्दा खुशी देखिएको छ । 


संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वल्र्ड ह्यापिनेस रिपोर्ट–२०२१’ नेपाल दक्षिण एशियाका अन्य राष्ट्रयको तुलनामा बढि खुसी देखिएको हो । 


नेपाल ८७ औं स्थानमा रहन सफल भएको छ भने माल्दिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९ र भारत १३९ औं स्थानमा छन । 


१४९ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल ८७ औं स्थानमा पुग्न सफल भएको हो । कोरोना भाइरसको संक्रमणको असर अघि र संक्रमणका समयमा सर्वेक्षण गरिएको हो । सर्वेक्षणका समय बंगलादेश र भारतमा भाइरस संक्रमणको असर उच्च थियो ।


सबैभन्दा खुसी फिनल्याण्ड


विश्वको सबैभन्दा खुसी हुने मुलुकको सूचीमा नर्डिक मुलुक फिनल्यान्ड परेको छ । यस्तै, डेनमार्क र स्विट्जरल्यान्ड दोस्रो र तेस्रो स्थानमा छन । आइसल्यान्ड र नेदरल्यान्ड्स क्रमशः चौथो र पाँचौं स्थानमा छन । 


नवौं स्थानको न्युजिल्यान्ड शीर्ष १० भित्र पर्ने एक मात्र एसियाली देश हो । सूचीमा अमेरिका १९ औं स्थानमा परेको छ भने नेपालको उत्तरी छिमेकी मुलुक चीन ८४ औं स्थानमा छ । 


संस्थाले कोरोना भाइरस संक्रमणको बेलामा टेलिफोनमार्फत सर्वेक्षण गरेको पनि जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex