१८ बैशाख २०८१, मंगलबार
Header

कामपा १५ वडाबाट विद्युतीय फोहोर व्यवस्थापन कार्यक्रम सुरु


प्रकाशित: शुक्रवार, ६ चैत्र २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरको वडा १५ ले वडाले फोहर व्यवस्थापनको लागि विद्युतिय प्रयोग सुरु गरेको छ । 


विश्व पुन प्रयोगीय दिवस २०२१ को सन्दर्भमा पारेर वडाले विद्युतीय फोहोर व्यवस्थापन नमुना कार्यक्रम सुरु गरेको बताएको छ । 


फोहर व्यवस्थापन विषयमा आयोजित छलफलमा वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले वडा १५ सिकाइ र अभ्यासका लागि विद्युतीय फोहोर व्यवस्थापन प्रणाली सुरु गरेको जानकारी दिए । 


‘विद्युतीय फोहोर व्यवस्थापनमा महानगरको भूमिका’विषयक छलफलमा डंगोलले फरक प्रकारका फोहोर व्यवस्थापनमध्ये विद्युतीय फोहोर बढी हानीकारक हुने टिप्पणी गरे पनि यसको व्यवस्थापनका लागि छुट्टै प्रणालीमा आधारित कार्यक्रम सुरु गर्ने योजना सुनाए । 


१५ वडा क्षेत्रबाट निस्कने विभिन्न पत्रकारको फोहर व्यवस्थापनको लागि व्यवस्थापन महाशाखा प्रमुख सरिता राईको संयोजकत्वमा कार्यक्रम कार्यान्वयन कार्यदल गठन गरिएको छ । वडाभित्र फोहोर व्यवस्थापनमा सक्रिय संघ संस्था र समुदायका प्रतिनिधिहरु सदस्य राखिएको छ ।


सो अवसरमा त्रि—चन्द्र क्याम्पसकी सह—प्राध्यापक डा. ज्योती गिरीले ‘वर्तमान सन्दर्भ र विद्युतीय फोहोर व्यवस्थापन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै  फोहर व्यवस्थापनका लागि ७ नियम पालना गर्नुपर्ने सुझाव समेत दिएकी छिन ।


पुनविचार, अस्वीकार, कम प्रयोग, अर्को कार्यमा प्रयोग, पुनःप्रयोग, पुनःरिसाइकल र कुहाउने ७ विधि हुन । विभिन्न व्याक्टेरियाको प्रयोग गरेर विद्युतीय फोहोरमा भएका तत्व छुट््याउने विधिलाई उनले कुहाउने विधिको एउटा रुप भएको जानकारी दिए । आजको छलफल गुथि र काठमाडौं रिसाइकल्ससँगको सहभागितामा वडा समितिको कार्यालय १५ र वातावरण व्यवस्थापन विभागले आयोजना गरेका थिए ।


सन २०१९ जनवरी २४ तारिख संयुक्त राष्ट्र संघले वल्र्ड इकोनोमिक फोरममा प्रस्तुत गरेको प्रतिवेदनअनुसार सन २०१८ मा विश्वभर करीब ४८ करोड ५० लाख मेट्रिक टन विद्युतीय फोहोर उत्पादन भएको थियो ।


यो दिवस सन २०१८ बाट ग्लोबल रिसाइक्लिङ् फाउन्डेसनले मनाउन थालेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD