१८ बैशाख २०८१, मंगलबार
Header

दक्षिणकालिमा मृत भेटिएको २ किशोर बाङेमुढा बस्ने


प्रकाशित: शुक्रवार, ६ चैत्र २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको दक्षिणकालीको चाल्नाखेलमा मृत भेटिएको दुई किशोरको सनाखत भएको छ । 


परिवारजनले मृतकहरुको पहिचान गरेपछि सनाखत गरिएको काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले बताएका छन । 


शुक्रबार दिउँसो चाल्नाखेलस्थित खहरेमा भेटिएका मृतकहरू नुवाकोट घर भई बांङ्गेमुढा बस्ने १६ वर्षीय अर्जुन खड्का र काभ्रे घर भई असन बस्ने १७ वर्षीय मंगल तामाङ हुन । 


तामाङ क्षेत्रपाटीस्थित जेपी उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्थे भने अर्जुन खड्का असनको टेउडा विद्यालयमा पढ्थे । प्रहरीले मृतक दुवैको शव पोस्टमार्टमका लागि शव शिक्षण अस्पताल पठाउने भएको छ । 


प्रहरीले घटनास्थलबाट दुई वटा विषको बट्टासमेत बरामद गरेको छ । घट्नाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD