काठमाडौं । महान्याधिवक्ता अग्नि खरेलले शुक्रवार पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएका छन ।
महान्याधिवक्ताको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा खरेलले राजीनामा दिएको घोषणा गरेका हुन । उनले भने,‘राजीनामा पछि आफू फेरि राजीनीतिमा सक्रिय हुन्छु ।’
मिडियामा आएजस्तो प्रधानमन्त्रीसँग सम्बन्ध विग्रेको कुरा सत्य नभएको उहासँग आफ्नो राम्रो सम्बन्ध भएको उनले भने । उनले आफ्नो कार्यकालमा गरेको कार्यप्रगतीको बारेमा पत्रकारसँग व्रिफिङ समेत गरेका थिए ।
पूर्व कानुनमन्त्री समेत रहेका खरेलले महान्याधिवक्ताको पदमा ३ बर्ष काम गरेको अनुभव सुनाएका थिए ।
Categorized in राष्ट्रिय