काठमाडौं । पेट्रोल र डिजेलको मूल्य बढेको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोल तथा डिजेल र मट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूलय बढाएको हो ।
हवाई ईन्धन (आन्तरिक उडानतर्फ) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ ।
निगमका अनुसार मूल्य बढाएपनि निगमलाई पेट्रोलमा प्रति लिटर रू ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर रू ३९२.८२ घाटा रहेको छ ।
अर्धमासिक रूपमा करिब यसबाट निगमलाई १ अर्व २७ करोड ७० लाख घाटा हुने छ ।
Categorized in बजार