काठमाडौं । हनुमानढोकामा ऐतिहासिक गरगहनाको संग्रालय सर्वसाधरणका लागि खुला गरिएको छ ।
आईतवार हनुमानढोकाको नासल चोकमा हनुमानढोका दरवार क्षेत्र विकास समितिको १० औं बार्षिकोत्सवको अवसरमा आयोजित गरगहना प्रदर्शनी कार्यक्रममा सो घोषणा गरिएको हो ।
२०७२ सालको विनाशकारी भूकम्पछि सम्मालेर राखिएको ती एतिहासिक महत्व बोकेका गरगहनाहरु एक औपचारिक कार्यक्रम गरी सर्वसाधरणका लागि प्रदर्शनमा राखिएको हो ।

चाँदीको गरगहनाहरु, सुनचाँदीका माला, मूर्ति, देवी देवताहरुको गरगहनारु, तामा पितलका औंठीहरु, मल्लकालिन गरगहनाहरु लगायत थुप्रै सांस्कृति महत्वका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।
उद्घाटन कायृक्रममा प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकालले हनुमानढोका भित्रको ऐतिहासिक संस्कृति, सम्पदा र महत्व वस्तुहरुको संरक्षण र सम्बद्र्धन गर्नु राज्यको दायित्व भएको बताएका छन ।

उनले भने, ‘भूकम्पछि भत्किएका कतिपय सम्पदाहरुको पुननिर्माणमा विवाद उत्पन्न हुँदा पुननिर्माणमा समस्या परिरहेको छ । यसमा सरोकारवालाहरुको सहयोग र सहमति आवश्यक छ । विवादले समाधान हुँदैन । संस्कृति सम्पदा पुननिर्माणमा राजनीति गरिनु हुँदैन ।’
पुरातत्व विभागका निर्देशक दामोदर गौतमले हनुमानढोका ईतिहास, सम्पदा, संस्कृतिको पुरात्व विभागले खेलेको भूमिकाको बारे चर्चा गरेका थिए ।
सो अवसरमा बागमति प्रदेशका सभासद विराजभक्त श्रेष्ठले गरगहना प्रदर्शनको अवस्थासम्म ल्याउन सहयोग गर्ने सबै पक्षलाई धन्यावाद ज्ञापन गरेका थिए ।
गरगहना संग्रालय खुलेसँगै सर्वसाधरणले हनुमानढोको ऐतिहासिक पक्षहरुको बारेमा झनै बुझ्न मौका पाउने र यसले अन्तराष्ट्रिय क्षेत्रमा पनि चर्चा पाउने सभासद श्रेष्ठले विश्वास व्यक्त गरे ।

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर
Categorized in सम्पदा/संस्कृति