काठमाडौं । टिचिङ हस्पिटलमा ११ महिने शिशुको सफल कलोजो प्रत्यारोपण गरिएको छ ।
सानो उमेरमा गरिएको पहिलो कलोजो प्रत्यारोपण भएको चिकित्सकले बताएका छन । यो सँगै टिचिङमा पाचौं कलोजो प्रत्यारोपण हो ।
टिचिङका चिकित्सकहरुले काभ्रे घर भएका ति बालकका शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन । प्रत्यारोपणका लागि ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए ।
अस्पतालमा लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश सिंह भण्डारीका अनुसार यस्तै सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण हो ।
Categorized in स्वास्थ्य