१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

विश्वकप– २०१८ः आयोजक राष्ट्र रसियाले खाता खोल्यो


प्रकाशित: असार १ जेठ २०७५, ०९ः२७ बजे
- जेम्सज्वेलरीखबर

काठमााडौं । विहिबार देखि सुरु भएको फुटवलको महाभिडन्त ‘विश्वकप – २०१८’ उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले पराजय गरेको छ ।

 
रसियाको लागि यो सुखद पक्ष हो । रसियालाई दोश्रो चरणमा पुग्न सहज हुने भएको छ ।

 
नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १–१ गोल गरे ।


रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २– ० को अग्रता लियो ।


७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड बाँकी रहँदा गोलोविनले गोल गरे ।


रसियाको खेल ‘काउन्टर एटयाक’ को रणनीतिमा खेलेका नेपाली फुटवलका हस्तीहरुले बताएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex