१२ भाद्र २०८३, शुक्रबार
Header

विप्लव माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश (फोटो फिचर)


प्रकाशित: शुक्रवार, २१ फागुन २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा माओवादी महासविच नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको माओवादी पाटी शान्तिपूर्ण राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेको छ । 


हिंसात्मक राजनीतिक गर्दै आएको विप्लव माओवादी र नेपाल सरकारकाविच भएको वार्तापछि शुक्रवार आयोजित हस्ताक्षर समारोहमा ३ बुँदे सहमतिमा पत्रमा हस्ताक्षर भएसँगै विप्लव माओवादीले अब मूलधारको राजनीतिक गतिविधिमा समावेश भएको हो । 


प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवका उपस्थितीमा भएको उक्त समारोहमा विप्लवले आफू र आफ्नो पार्टी ३ बुँदे सहमितमा प्रतिबद्ध रहेका बताएका छन । 


उनले भने ‘जीवनलाई बलिदान गर्छौ, तर सहिदको सपना मर्न दिदैनौ, नेपाललाई समृद्धिको बाटोमा लग्छु । अबको राजनीति विकास र समृद्धिको राजनीति हुनेछ ।‘

 

 


झण्डै दुई बर्षपछि आज राष्ट्रिय सभा गृहमा सार्वजनिक भएको विप्लवले आजको दिन ऐतिहासिक दिन मात्र नभएर पार्टीको उदेश्यको लागि आफ्ना ज्यानको बलिदान दिने सहिदहरुको स्मरणको दिन पनि भएको बताए । नेपालको वर्तमान राजनीतिमा देखिएको विसंगतीलाई हटाउन भूमिगत राजनीति गर्न बाध्य भएको उनको भनाई थियो । 


सो अवसरमा प्रधानमन्त्री ओलीले विप्वल समूह शान्तिपूर्ण राजनीतिमा आएकोमा बधाई तथा स्वागत गरेका थिए । ओलीेले विप्लवको आगामी राजनीतिक कार्यदिशा मुलुकको हित र विकासमा हुने अपेक्षा समेत गरे । 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex