काठमाडौं । भारतको श्रीनगरमा विहिबार बेलुका वरिष्ठ पत्रकार सुजात बुखारीको गोली हानी हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
पत्रकार सुजात आफ्नो घरबाट बाहिर निस्कने क्रममा अज्ञात समुहले गोली प्रहार गरेको थियो । सुजातसँगै उनीसँग रहेको पर्सनल सेक्रेटरीको पनि मृत्यु भएको छ ।
जम्मु–कश्मिरका प्रहरी अधिकृत वेदका अनुसार स्थानीय समय ७ बजेर १५ मिनेटमा मोटरसाईकलमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका थिए ।
बुखारीको हत्याप्रति जम्मु–कश्मीरका मुख्यमन्त्री महबूवा मुफ्तीले शोक प्रकट गरेको छ । उनले टिवीट गर्दै भने,‘ बुखारीको हत्या आतंकबादको जघन्य रुप हो । ईदको ठिक अघिल्लो दिन उनको हत्या भएको छ । उनीहरु विरुद्ध हामी एकजुट हुनुपर्दछ ।’
Categorized in अन्तर्राष्ट्रिय