काठमाडौं । सरकारले कोभिडविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकालाई राखेको छ ।
आगामी २३ फागुनदेखि शुरु गर्न लागेको कोरोना खोपको पहिलो प्राथमिकता यस अघि ५५ वर्ष माथिकालाई दिइने निर्णय गरेका थिए ।
सरकारलाई सो उमेर समूहलाई परिवर्तन गरेर ६५ बर्ष माथिको समूहलाई राखेको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार २० लाख डोज खोप दुईसाता भित्र ल्याईन भनिएपनि १० लाख मात्र आएको र दोश्रो खेप आउन ढिला भएको उमेर समूह परिवर्तन गरिएको हो ।
अब आउँदो आइतबारसम्म खोप भारतबाट आउने आश्वसन पाएकोले सिंहले बताएका छन । हिमाली जिल्ला र हिमाली भेगमा भने २३ फागुनदेखि नै ५५ वर्ष माथिकालाई खोप दिने सरकारका अधिकारीहरुले निर्णय गरेका छन ।
त्यसैगरी शिक्षक, प्राध्यापक तथा सवारी चालकहरुलाई पनि ६५ वर्ष माथिको उमेर समूहले खोप पाइसकेपछि मात्रै दिने योजना बनाइएको बताए ।
यता काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायातका नगरहरुले ५५ उमेर समूहका माथिहरुलाई खोप लगाउने भनेर तायरी गरेको अवस्था छ ।
Categorized in स्वास्थ्य