१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आज पौने ९ बजे यी च्यानलहरुमा हेर्न सकिन्छ ‘विश्वकप – २०१८’ 


प्रकाशित: विहिबार, ३१ जेठ २०७५, १८ः५२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । फुटबलको महाभिडन्त ‘विश्वकप –२०१८’ मास्कोको लुजिनिया रंगशालमा नेपाली समय अनुसार पौने ९ बजे आयोजक राष्ट्र रसिया र साउदी अरेबियाबीचको खेल हेर्न सकिनेछ ।

 
खेल सुरु हुनु २ घण्टा अघि पौने ७ बजे भने उद्घाट्न समारोहको औपचारिक कार्यक्रमहरु हुनेछ । सो औपचारिक समारोहमा करिब ५ सयको संख्यामा नर्तक, जिम्न्यास्ट र ट्राम्पोलिनिस्टहरुले विश्वलाई स्वागत गर्नेछन् ।


उद्घाटन समारोहमा प्रदर्शन गर्नेहरुमा रुसी कलाकार सहित बलिउड स्टारमा वरुण धवन र ऋतिक रोशन समेत देखिने भएको छ ।

 
मिडिया हबका अनुसार प्रसारण अधिकार किनेर चार वटा नेपाली च्यानलले पनि विश्वकप फुटबल प्रतियोगिताको लाइभ प्रसारण गर्ने भएको छ ।

 
सो चार वटा च्यानलमध्ये स्याटेलाइट र केबल टिभी बिना सामान्य एन्टिनाले समेत हेर्न सकिने गरी राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनमा विश्वकप फुटबल हेर्न सकिनेछ । त्यसैगरी नेपाल टेलिभिजनकै अर्को च्यानल एनटिभी प्लसमा पनि विश्वकप लाइभ हेर्न सकिनेछ ।


निजी टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनमा एचडीमा विश्वकप लाइभ प्रसारण हुनेछ । त्यसैगरी नेपालको एकमात्र डिटिएच डिसहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस एचडीमा पनि नेपाली भाषामा कमेन्ट्रीसहित विश्वकप फुटबल लाइभ हेर्न सकिनेछ ।


फिफाद्वारा प्रकाशित आधिकारिक मिडिया राइट्स होल्ड सूचीमा नेपालसहित दक्षिण एसियाका देशहरुमा आधिकारिक प्रसारण संस्था सोनी पिक्चर्स नेटवर्क इन्डिया रहेको छ ।

 
सोनीले आफ्नो टेन २ र टेन २ एचडीमा अंग्रेजी भाषामा कमेन्ट्रीसहित विश्वकप खेलहरुको प्रत्यक्ष प्रसारण गर्दैछ । सोनी टेन ३ र टेन थ्री एचडीमा भने हिन्दी भाषामा कमेन्ट्रीसहित प्रत्यक्ष प्रसारण हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex