१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगरवासिहरुले यी अस्पतालहरुबाट कोरोना खोप लगाउन सक्ने (विवरणसहित)


प्रकाशित: बुधवार, १९ फागुन २०७७, ०९ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ बटै वडाका महानगरवासीहरुको लागि कोरोना खोप लगाउन अस्पतालहरुको निर्धारण गरेको छ । 


महानगरपालिकाले जनाए अनुसार वडा १२,१३,१४,२०,२१ का लागि शुक्रराज ट्रफिकल तथा सुरुवा रोग केन्द्र टेकुमा खोप लगाउन सक्नेछन । 


वडा १६,१७,१८,१८,२४ र २५ वडा वासीहरुले क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा गएर खोप लगाउन सक्नेछन । त्यसैगरी १०,११, २८ र २९का वडा वासीहरुको लागी परोपकार प्रस्तुती तथा स्त्री रोग अस्पतालमा खोप केन्द्र तोकेको छ ।

 
वीर अस्पतालमा वडा २२, २३, २४, २७ र २८ का वासीहरुले कोरोना खोप लगाउन सक्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले वीरेन्द्र सैनिक छाउनी अस्पतालमा वडा १३,१४,१५र १९ का वासीहरुले खोप लगाउन सक्ने बताएको छ । 


फागुन २३ गते देखि २८ गतेसम्म खोप अभियान संचालन हुने भएकोले यी अस्पतालहरुमा खोप लगाउन महानगरपालिकाले आग्रह गरेको छ  । खोप लगाउनका लागि ५५ बर्ष भन्दा माथि उमेर समूहकाले परिचय खुल्ने परिचयपत्र देखाएर खोप केन्द्रमा खोप लगाउन पाउने छन । 


त्यसैगरी सार्वजनिक यातायातका चालक तथा सहचालहरुहरु, महाविद्यालय, विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीहरुले खोप लगाउन सक्नेछन । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex