काठमाडौं । आज सर्वोच्च अदालतका आदेशबाट रिहा भएका अभियान्ताहरुलाई काठमाडौंको इन्द्रचोकमा स्वागत गरिएको छ ।
अभियान्ता सुमन सायमी, विरोलोचन श्रेष्ठ लगायात ८ जना अभियान्ताहरुलाई विना शर्त रिहा गरिएको हो । उनीहरुलाई फागुन १२ गते वालाजु वाईपासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अभियान्ताहरुको रिहाईको लागि इन्द्रचोकमा आयोजित कार्यक्रममा स्वागतपछि अभियान्ताहरुलाई इन्द्रचोकबाट क्षेत्रपाटी हुँदै कालिमाटी चोक सम्म परिक्रमा गराईएको थियो ।
बालाजु वाईपासमा काठमाडौं महानगरपालिकाले सुचना केन्द्र बनाउने भन्दै बारहरु लगाएपछि अभियान्ताहरुले अदालतको स्टे अर्डरविपरित कार्य भएको भनी विरोध गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको थियो ।




तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर
Categorized in समाज