काठमाडौं । नेपाल आर्दश माध्यमिक विद्यालयबाट नेपाल भाषा प्रशिक्षण सुरु भएएको छ ।
काठमाडौंको महानगरपालिकाको स्थानीय भाषा अध्यापन गराउने कार्यक्रम अनुसार सोमवारबाट नेपाल भाषा प्रशिक्षण सुरु गरएको हो ।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेका थिए । महानगरको शिक्षा विभागको आयोजनामा ३ दिनसम्म चल्ने प्रशिक्षण नेवाः स्यनामि दबू नेपाल मण्डलको संयोजनमा संचालन हुनेछ ।
सो अवसरमा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले भाषा, संस्कृति जोगाउन भाषाको संरक्षण तथा प्रयोग अति आवश्यक रहेको बताईन ।
महानगरले नेपाल भाषालाई स्थानीय भाषाको पाठ््यक्रम रुपमा कार्यान्वयन गरेपछि अन्य स्थानीय तहलाई पनि स्थानीय भाषाको पठनपाठन गराउन सिकाइ हुने उपप्रमुख खड्गीले भनिन ।
महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ पठनपाठन गराउन यस अघि १७२ जना प्रशिक्षण सहायक माग गरिसकेको छ ।
प्रक्रियाबाट छनौट भएर आउने प्रशिक्षक सहायकरुलाई हाल तालिमका सहभागी प्रशिक्षकहरूले शिक्षण प्रशिक्षण गर्नेछन ।
नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव मोती खनालका अनुसार चालु शैक्षिक सत्र अन्तिम परीक्षामा नेपाल भाषाको परीक्षा लिईन भएको छ ।
आधारभूत तह (कक्षा ८) का विद्यार्थीलाई नेपाल भाषाको परीक्षा लिने तयारी गरिएको छ । यो अनिवार्य हुनेछ समितिका सचिव खनालको भनाई छ ।
सिकाइलाई सरल बनाउन कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन पाठन र परीक्षण हुनेछ । त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन र परीक्षण हुनेछ ।
कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन तथा परीक्षण हुने व्यवस्था गरिएको छ ।
Categorized in सम्पदा/संस्कृति