काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागको कार्यशैलीप्रति प्रश्न उठाएका छन ।
आईतवार विहान सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि आयोजित कार्यक्रमा प्रमुख शाक्यले विभागको कार्यशैलीले जनताविच विभाजन ल्याएको बताएका हुन ।
शाक्यले भने,‘ पुरातत्व विभागले लिएको नीति र व्यवहारले जनतामा विभाजन ल्याएको छ, सम्भावित विग्रह रोक्न महानगरले काम थालेको छ ।’
‘सम्पदा क्षेत्रमा सामाजिक कामको निरन्तरताका लागि हामी पाटी सत्तल लगायत संरचना निर्माण गर्छौं । पुरातत्व विभागले ती संरचना भाडामा लगाएर आम्दानी गर्छ । महानगरले सम्पदा पुननिर्माणका लागि काम गर्न खोज्दा विभाग सहयोगी भएन’ उनले भने ।
प्रमुख शाक्यले कमलपोखरी पुननिर्माणको सन्दर्भमा विभागका कारण जनता पक्ष विपक्ष भएका छन । यसबाट सिर्जना भएको द्वन्द्वको विभागले जिम्मेवारी लिने कि नलिने शाक्यले प्रश्न गर्दै भने यस प्रकारका निर्णय आफ्ना लागि स्वीकार्य नहुने समेत बताएका थिए ।
सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, सम्पदा संरक्षण र बचावटका लागि महानगरले नीतिगत रुपमा निर्णय गरेको बताउँदै यसका लागि विगतमा पर्याप्त लगानी गरेको र आउँदा दिनमा लगानीको कमी हुन नदिने बताईन ।
Categorized in सम्पदा/संस्कृति