काठमाडौं । अभियान्ताहरुले आईतवार काठमाडौं महानगरपालिका गेट अगाडी प्रदर्शन गरेका छन ।
बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्ष समिति र नेवाः देय् दबुको संयोजनमा महानगरपालिका गेट अगाडी अभियान्ताहरुले प्रदर्शन गरेका थिए ।


उनीहरुले कमपोखरीमा भएको सम्पदा नष्ट गर्न खोजेको भन्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यको विरोध गर्दै नारावाजी गरेका छन ।
कार्यक्रमलाई अभियान्ता गणपतिलाल श्रेष्ठ, रविन्द्रकुमार श्रेष्ठ, नेवाः देय दबूका प्रदेश ३ का संयोजक उमेश स्थापितले, नेपाल महर्जनलगायतले सम्बोधन गरेका थिए ।
प्रदर्शनको क्रममा उनीहरुल सम्पदा मास्नेलाई भ्ूत भगाउने कार्यक्रम समेत संचालन गरेका थिए । महानगर प्रुमख शाक्यको चित्रित कार्टुनका व्यानर बोकी अभियान्तारु प्रदर्शनमा उत्रेका थिए ।
वालाजु वाईपास क्षेत्रमा सडक विस्तारको क्रममा स्थानीयहरुको घर जग्गा मासेर सुचना केन्द्र बनाउन खोजेकोमा पीडितहरुले महानगरप्रति आक्रोश व्यक्त गरेका थिए ।

केही दिन अघि वाईपास क्षेत्रमा सुचना केन्द्र बनाउने भन्दै काम अघि बढाएपछि अभियान्ताहरुले सर्वोच्च अदालतको स्टेअर्डर विपरित काम अघि बढाएकोमा विरोध गर्दा उपत्यकाव्यापी सडक संघर्ष समितिका अध्यक्ष सुमन सायमी सहित ८ जनालाई पक्राउ परेका छन ।

प्रहरी हिरासतमा रहेका अभियान्ताहरुले नेपाल भाषा बोल्न नदिएको तथा सर्वोच्चको आदेशको अवहेलना गरेकोमा खेद प्रकट गरेका थिए ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर
Categorized in समाज