काठमाडौं । सुमन सायमीसहित पक्राउ परेका अभियान्ताहरुको रिहाईको लागि कालिमाटी चोकमा प्रदर्शन गरिएको छ ।
कालिमाटी चोकमा साँझ पख भएको प्रदर्शनमा अभियान्ताहरुले अभियान्ताहरुलाई विनासर्त अविलम्ब रिहाईको माग गर्दै प्रदर्शन गरिएको थियो ।

अभियान्ता विद्या श्रेष्ठले सरकारले अभियान्ताहरुलाई आफ्नो मातृभाषा समेत बोल्नबाट बञ्चित गरेर गैरकानुनी ढंगबाट थुनामा राखेको प्रति आक्रोश पोखेकी थिईन ।
श्रेष्ठले भनिन,‘यो प्रदर्शनलाई सरकारले सानो समूहको प्रदर्शन भनेर नसोचे हुन्छ, अभियान्ताहरुलाई छिटो भन्दा छिटो रिहा गर, नत्र भने आन्दोलनको चर्को रुप लिनेछ ।’

अभियान्ता श्रेष्ठले भोली (आईतवार) कालिमाटी क्षेत्रका पसलहरु विहान १० देखि १२ बजेसम्म सटर बन्द गरिदिन आव्हान समेत गरेको छ ।
केही दिन अघि बालाजु वाईपासबाट उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सायमी लागायत ८ जना अभियान्ताहरु पक्राउ परेपछि दैनिक जसो अभियान्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन ।

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर
Categorized in समाज