काठमाडौं । गुण्डागर्दी विरुद्ध कडा रुपमा सरकार देखिएपनि केही दिन देखि काठमाडौं ठमेल क्षेत्रमा व्यवसायीहरुलाई तर्साई रकम असुल्दै हिड्ने २ लाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
प्रहरीले ज्याठा क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने काभ्रे झैटी देउराली घर भई सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङ ज्वालामुखी घर भएका २९ वर्षीय कमल गुरुङ लाई १ थान रिबल्बर र १ थान खुकुरी सहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार राति ज्याठाको गल्लीमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले आवश्यक अनुसन्धानको गरिरहेको जनाएको छ ।
Categorized in समाज