२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कांग्रेस नेता जोशीको अवस्था जटिल


प्रकाशित: शुक्रवार, १४ फागुन २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था जटिल रहेको चिकित्सकहरुले बताएका छन । 


विहिवार स्वास्थ्य समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको अहिले उनलाई नर्भिक अस्पतालमा उपचार भईरहेको छ । 


जोशीको उपचारमा संलग्न नर्भिक अस्पतालका न्यूरो सर्जन डा. राजीव झाका अकनुसार जोशीलाई मस्तिष्कघात भएको र उनको अवस्था जटिल देखिएको छ । वीरमा सिटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो ।

सिटी स्क्यान गर्दा दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेर ब्लक गरेको पाइएको डा. झाले बताए । सुगर, प्रेसरलगायतका रोगबाट समेत पीडित जोशीले रगत पातलो बनाउने औषधि खाइरहेका थिए । यस्तो मानिसको सर्जरी गर्दा धेरै रक्तश्राब हुने भएकाले रगत जोहो गरेर सर्जरी गरेको उनले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex