काठमाडौं । बृहत नागरिक आन्दोलनको अगुवाईमा शुक्रवार कमलपोखरीमा अभियान्ताहरुले कमलको फूल रोप्ने कंक्रिट्को ढलान भत्काई दिएका छन ।
ढलान भत्काउने क्रममा प्रहरी र अभियान्ताहरुविच झडप समेत भएको थियो । पोखरीमा कमलको फूल रोेप्न कंक्रिट प्रयो गरेको भन्दै पुनः विरोधमा उत्रेका हुन ।
उनीहरुले सो विचमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य विरुद्ध नारावाजी समेत गरेका थिए ।

बृहत आन्दोलनका अगुवा अभियान्ता लेखक तथा पत्रकार नारायण वाग्ले यो सरकार नालायक भएको भन्दै कमलपोखरी मास्ने कामविरुद्ध आफूले अभियान छेडेको बताएका थिए ।
उनले भने, ‘यो सरकार कति नालायक अनि भ्रष्ट छ भनेर आफैंले उदांगो गर्यो। हामीले कालोमाटो दलेर बालुवाटार मार्चपास गरेका थियौं, पानीको फोहोरा र लाठी खाँदै संघर्ष अगाडि बढाएका थियौं। तर सरकारसँग कथित विकासको सोच छ जसलाई माटो चाहिन्न, सिमेन्ट चाहिन्छ । उनीहरूलाई पोखरी चाहिन्न, ढलान चाहिन्छु ।’

अर्का अभियान्ता गणपतिलाल श्रेष्ठले सम्पदामाथि प्रहार भएकोले आफूहरुले यहाँ आएको बताउँदै भने,‘ सम्पदा संरक्षणमा हाम्रो अभियान निरन्तर हुनेछ, यस बाट हामी राज्यलाई पाठ सिकाउने छौं ।
कमलपोखरीमा यस अघि राता –रात डोजर चलाएर त्यहाँको माटो अन्यन्त्र लगिएकोमा पनि अभियान्ताहरुले चर्को विरोध गरेका थिए ।
शुक्रवार, १४ फागुन २०७७, १७ः०० बजे
Categorized in सम्पदा/संस्कृति