२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सम्पदा अभियान्ता सुमन सायमी सहित ८ जना पक्राउ


प्रकाशित: बुधवार, १२ फाल्गुण २०७७, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । वालाजु वाईपास क्षेत्रमा निर्माणाधिन वालाजु सुचना केन्द्रबाट सम्पदा अभियान्ता सुमन सायमी सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन ।   

 
अदालतले निर्माण रोक्न स्टे अडर दिएको ठाउँमा उपभोक्ता समितिले सुचना केन्द्र बनाउने कार्य सुरु गरेको विरोधमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका हुन । 


अभियान्ता रविन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा महेश्वर मानन्धर, रुक्षित श्रेष्ठ, मनोज श्रेष्ठ, भिमदेव श्रेष्ठ, मीन शाही, निरन्जन श्रेष्ठ, संजय तामाङ पक्राउ परेका छन । 


अभियान्ता श्रेष्ठले भने,‘स्टे अडर भएको ठाउँमा यसरी जर्वजस्ती सुचना केन्द्र बनाउन खोजेपछि रोक्न खोज्दा उनीहरुलाई पक्राउ गरेको हो, यो राज्यको दादागिरी हो ।’


प्रहरीले पक्राउ परेकाहरुलाई तत्काल नछोड्ने बताउँदै उनले भने,‘ उपभोक्ता समितिको क्षति भएको भएकोले छोड्न नमिल्ने भनेको छ, जबकी त्यहाँ काम अबैधनिक ढंगबाट भईरहेको छ ।’


यस अघि पनि पटक–पटक यस क्षेत्रका राज्यले सडक विस्तारको नाउँमा निजी सम्पतीमा डोजर लगाएर भत्काउने काम गरिरहेको श्रेष्ठले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex