२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

‘हरिलाल, श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपा’ घोषणा


प्रकाशित: मंगलवार, ११ फागुन २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । पत्रकार रत्न श्रेष्ठले आफ्ना अभिभावकको स्मृतिमा ‘हरिलाल, श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपा’ घोषणा गरेका छन । 


मंगलवार नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्लाको सातौ बार्षिक साधारणसभाको अवसरमा उक्त पुरस्कारको घोषणा गरिएको दबूले जनाएको छ । 


पत्रकारितामार्फत योगदान दिएका सञ्चारकर्मीलाई प्रोत्साहित गर्न उक्त पुरस्कारको घोषणा गरिएको हो । पुरस्कारको लागि कोषाध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठमार्फत पत्रकार राष्ट्रिय दबूलाई नगद हस्तान्तरण गरिएको छ ।  


भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिए । व्यावसायिक पत्रकारिताको आवश्यकतालाई औँल्याउँदै संस्थागत रुपमा अघि बढ्न अपिल समेत गरे । 


“धर्मादित्य धर्माचार्य आदिवासी जनजाति मध्येका सबसे पुराना मातृभाषी पत्रकार हुन । करिव एक सय वर्ष अघि उहाँले बुद्धधर्म नामको पत्रिका प्रकाशण गरेका थिए । यो तथ्यलाई नेपाल आदिवासी जनजाती पत्रकार महासंघले समेत स्वीकार गरेको छ ।” अध्यक्ष बज्राचार्यको भनाइ थियो । त्यस्तै, अध्यक्ष बज्राचार्यले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गर्दै पत्रकारहरुलाई २००८ सालमै संगठित बनाएको स्मरण गरे ।


त्यस्तै महासचिव सुनिल महर्जनले सांस्कृतिक र खोजमूलक पत्रकारिता गर्न आग्रह गरे । भक्तपुरमा सक्रिय सञ्चारकर्मीहरुले समाचारमा फरक कोणलाई प्राथमिकता दिँदैआएकोमा धन्यवाद दिँदै अझै स्तरिय समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिएका थिए । 


नेपाल संवत ११३२ मा स्थापना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका संस्थापक अध्यक्ष केके मानन्धर, निवर्तमान अध्यक्ष ईश्वरकाजी खाइजु, कृष्ण किसी, सुरेश साँय्जु, शिमान्त सिल्पकार लगायतको योगदान सम्झेका थिए ।


त्यस्तै कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरुको जटिल प्रकृतिको स्वास्थ्य समस्यामा पत्रकार राष्ट्रिय दबूले आर्थिक सहयोग गरिरहेको बताए । पत्रकार राष्ट्रिय दबूमा आवद्ध सञ्चारकर्मीहरुको लागि पन्ध्र लाखको अक्षय कोष स्थापना भइसकेको बताउँदै सोही कोषलाई बढाएर ५० लाख पु¥याउने प्रतिबद्धता जनाए । 


यसअघि काभ्रे जिल्ला शाखाले फागुन ८ गते कार्यक्रम गरेको थियो । चैत महिनाको केन्द्रिय साधारणसभा अघि देशभरका २४ जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा कार्यक्रम भइरहेको छ ।


पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला अध्यक्ष रामगोपाल तमखुको सभापतित्वमा आयोजित कार्यक्रममा बाबुकाजी साःछेँ श्रेष्ठ, हरिसुन्दर छुकाँ, सुरेश ख्वाकः श्रेष्ठ, प्रकाश मल्ल लगायतका सञ्चारकर्मीहरुको सहभागिता थियो । 


कार्यक्रमलाई पत्रकार राष्ट्रिय दबू भक्तपुरका सचिव देवेन्द्र प्रजापतिले सञ्चालन गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex