२१ बैशाख २०८१, शुक्रबार
Header

प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको बैठक बोलायो


प्रकाशित: मंगलवार, ११ फागुन २०७७, ०८ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार विहान सुरक्षा परिषदको बैठक बोलाएको छ ।


बिहान ९ बजे सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्ने बैठक नियमित भएको परिषदका सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले बताएका छन ।


बैठकको खासै ऐजण्डा नभएको पनि मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरिएको छ । 


परिषद्को बैठक राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए बैठक बस्ने गरेको छ । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।


प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD