काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव गर्ने भएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार विहिवार प्रजातन्त्र दिवसको अवसर पारेर साँझ पाँच बजेदेखि महोत्वसव सुरु गरिने भएको छ ।
पहिलो चरणमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको सांस्कृतिक प्रस्तुति रहने छ भने दोस्रो चरणमा पप गायक सविन राई आधुनिक गायक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकास सपुत र प्रिती आले, लोक गायक अञ्जु पौडेलले आ–आफ्नो प्रस्तुति देखाउने तयारी देखाउने प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताएका छन ।
दरबारमार्गको कार्यक्रमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादु थापा वादल, काठमाडौँ महानगरपालिकाका प्रमखु विद्या सुन्दर शाक्यलगायतको उपस्थिति रहने छ ।
नेपाली संस्कृति र पहिचानको जगेर्ना गर्ने लक्ष्ययुवा पुस्तालाई उदेश्यले काठमाडौँका विभिन्न चार स्थानमा यस्तै कार्यक्रम गरिने महानगरले जनाएको छ ।
Categorized in मनोरन्जन