५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

प्रहरीद्धारा प्रमाण जुटाउन ‘बडी क्यामेरा’ को प्रयोग !


प्रकाशित: बिहिबार, ३१ जेठ २०७५, ११ः०५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले प्रमाण जुटाउन अबदेखि ‘बडी क्यामेरा’ प्रयोग गर्ने भएको छ ।


झापा जिल्लाको इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न प्रहरीको शरिरमा ‘बडी क्यामेरा’ फिट गरेर प्रमाण जुटाउने नयाँ प्रविधिको प्रयोग गर्ने भएको हो ।

 
इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाका अनुसार अपराधीको मात्र नभएर कतिपय अवस्थामा प्रहरीहरुको चालचन तथा गतिविधि पनि नियाल्नु पर्ने भएकोले यो प्रविधीबाट सहज हुने जानकारी दिएका छन ।

 
बुधबार यहाँ पत्रकार सम्मेलनमा प्रहरी नायब रिक्षिक कोईरालाले इप्रकाबाट क्यूआटी मोटरसाइकलमा परिचालन हुने र गस्तीमा जाने प्रहरीका लागि ‘बडी क्यामरा’ जडान गरिने जानकारी दिए ।  मोटरसाइकलमा हिँड्नेको हेलमेट र गस्तीमा हिँड्नेको शरीरमा साना क्यामरा फिट गरिएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex