११ भाद्र २०८३, बिहिबार
Header

खुलामञ्च खुला गर्ने अभियान सुरु, अतिक्रमित जग्गा भेटिए भन्न शाक्यको आग्रह


प्रकाशित: बुधवार, ५ फागुन २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधवारबाट खुलामञ्चलाई खुला गर्ने अभियानको सुरुवात गरेको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले वीर अस्पताल र दरवार हाईस्कुलको पुर्ननिर्माण सम्पन्न चरणमा पुगिसकेकोले हामीले सम्बन्धीत पक्षलाई  जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका बताएका छन । 


विस्तारै बसपार्क पनि खुला गर्ने बताउँदै उनले भने,‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’ 


महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अबको केही दिनभित्रै थुप्रिएको संरचनाहरु खाली गराईने बताए । उनका अनुसार कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो । 


उहाँले पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, ¥याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex